नेपालमा पछिल्लो समयमा तीव्र रुपमा नयाँ भेरियन्टसहितको कोरोना भाइरस फैलिरहेको छ। संक्रमणसँगै मृत्युदरको ग्राफ पनि उच्च छ। यही कारण जारी परीक्षाहरु पनि रोकिएका छन् ।
त्रिभुवन विश्वविद्यालयले जारी स्नातक तह दोस्रो वर्षको परीक्षा सहित स्नातकोत्तर तहका परीक्षा पनि स्थगित गरेको छ । अन्य विश्वविद्यालयले पनि स्थगित गरेका छन् । त्रिविका अनुसार प्रथम वर्षको मानविकी, शिक्षा, व्यवस्थापनलगायत संकायको वार्षिक परीक्षा रोकिएको छ। त्यस्तै, कक्षा–८ परीक्षा पनि रोकिएको छ।
राष्ट्रिय परीक्षा बोर्डले २०७७ को माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरिसकेको छ। करिब पाँच लाख विद्यार्थीले एसइई परीक्षा दिनलाई तयार भएर बसेका छन्। यसरी कोभिड तीव्ररूपमा फैलिरहँदा अब परीक्षा के होला भन्दै परीक्षार्थीहरू चिन्तित बनेका छन्।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले यो महिनाभर कोरोना संक्रमण दरको अवस्था हेरेर मात्रै एसइई परीक्षाबारे निर्णय लिन सकिने बताएका छन् । सरकारले २०७६ सालको एसइईको नतिजा कोरोनाकै कारण आन्तरिक मूल्यांकनबाट प्रकाशित गरेको थियो। तर, २०७७ को एसइई परीक्षा भने आन्तरिक मूल्यांकनबाट गर्ने अहिलेसम्म कुनै योजना नबनाएको उनले प्रष्ट पारेका छन् ।
सम्बन्धित खबर
रणविर जनहित माविमा संस्कार शिक्षा सुरु
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ