कमला राना । नवलपुरमा कोरोना संक्रमित ८३ वर्षीया बृद्धाको मृत्यु भएको छ । हिजो मात्रै कोरोना पुष्टी भएकी उनको उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको कोरोना फोकल पर्सन डा. शिवराज न्यौपानेले जानकारी दिए ।
उनका अनुसार भरतपुरमा आइसियू कक्ष खाली नहुँदा उपचारको लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो । वृद्धामा केहि दिन यता स्वासप्रस्वासमा समस्या भएको थियो । धादिङको बेनीघाटकी ति महिला कावासोति १६ स्थित आफ्नो छोरीको घरमा बस्दै आएकी थिइन् ।
यसैगरी, देवचुलीका एक जना कोरोना संक्रमितको अस्पताल लैजाँदा लैजाँदै बाटोमै मृत्यु भएको छ । आज सोमवार देवचुली १३ दलदलेका ६८ बर्षीय पुरुषको मृत्यु भएको हो ।
उनको दुम्कौली स्थित कोभिड अस्पतालमा दिउँसो साढे दुई बजे मृत्यु भएको देवचुली नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।
मंगलबार राति १२ बजेदेखि निषेधाज्ञा
पूर्वी नवलपरासीमा कोरोना संक्रमतिको संख्या बढ्दै गएपछि जिल्ला प्रशासनले मंगलबार राति १२ बजेबाट २ सातासम्म निषेधाज्ञा जारी गर्ने भएको छ ।
जिल्ला प्रशासनका सूचना अधिकृत आनन्द शर्माका अनुसार कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण न्यूनिकरणका लागि निषेधाज्ञा गरिएको हो ।
प्रशासनमा सोमबार सम्पन्न बैठकले मंगलबार राति १२ बजेदेखि जेठ ४ गतेसम्म दुई साता निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।
सम्बन्धित खबर
नवलपुरमा ट्रिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
छात्रलाई यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
सामूहिक प्याज खेतीमा जुट्दै किसान
पत्रकार महासङ्घ नवलपुरको अध्यक्षमा श्रीराम सिग्देल निर्वाचित
लाइसेन्समा दायाँबायाँ सुन्न नपरोस् : यातायात मन्त्री केसी
कोरोला–त्रिवेणी मार्गको निरीक्षणमा भौतिकमन्त्री केसी
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो