लुम्बिनी प्रदेशका चार विपक्षी दलको गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेललाई पदबाट ‘खारेज’ गरेको घोषणा गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), र राष्ट्रिय जनमोर्चाको गठबन्धले बुटवलमा संयुक्त पत्रकार सम्मेलन गरी नेकपा एमालेका नेता पोखरेलले किर्ते गरेर बहुमत पु¥याएको आरोप लगाउँदै उनलाई मुख्यमन्त्री पदबाट खारेज गरेको जनाएको हो ।
पोखरेललाई मुख्यमन्त्री पदमा नियुक्त गरी शपथग्रहण गराउने प्रक्रिया असंवैधानिक भएको गठबन्धनको ठहर छ । गठबन्धनले संविधानअनुसार प्रदेशसभामा टेबुल गर्न बाँकी रहेको अविश्वासको प्रस्ताव अघि बढाउन विषेश अधिवेशनको माग पनि गरेको छ ।
आज चार दलको संयुक्त बैठकपछि पत्रकार सम्मेलन गरेर गठबन्धनले बहुमत सदस्यहरू माथि प्रहरी दमन गरी अल्पमतलाई मुख्यमन्त्री कार्यालयमै पुगेर प्रदेश प्रमुखले शपथ गराएको आरोप लगाएको छ ।
संविधान विपरीत मुख्मन्त्री पदमा नियुक्त गरेर लोकतन्त्रको धज्जी उडाउँदै निरंकुश शासनको चरित्र प्रदर्शन गरेको गठबन्धनको आरोप छ । गठबन्धनले घटनाको भर्त्सना पनि गरेको छ ।
गठबन्धनले नेकपा एमालेले सांसद विमलाकुमारी खत्रीको हस्ताक्षर किर्ते गरेको आरोप पनि लगाएको छ ।नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले एमाले नेता शंकर पोखरेल किर्ते हस्ताक्षर देखाएर मुख्यमन्त्री बनेको आरोप लगाए ।
पत्रकारहरूसँग कुरा गर्दै उनले सरकार भेन्टिलेटरमा रहेको टिप्पणी गरे । उनले आफूहरूको गठबन्धनमा ४२ जना सांसद रहेको दाबी गरे ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने