सरकारले हटायो गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख, अमिक शेरचनलाई पदमुक्त गरी सीता पौडेल

सरकारले हटायो गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख, अमिक शेरचनलाई पदमुक्त गरी सीता पौडेल

amik serchan

काठमाडौं । गण्डकीका प्रदेश प्रमुख अमिक शेरचन पदमुक्त हुँदैछन् । उनीसँगै सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला त्रिपाठीलाई पनि पदमुक्त गर्न सरकारले राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

मन्त्रीपरिषद्को जारी बैठकले गण्डकी र सुदूरपश्चिम प्रदेशका प्रमुखहरुलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय भएको छ ।

गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्तको सिफारिस गरिएको छ र नवनियुक्त प्रदेश प्रमुखको केहीबेरमा राष्ट्रपति भवन शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम तय भइसकेको जनाइएको छ ।

गण्डकी प्रदेशले साढे ३ वर्ष अवधिमा तेस्रो प्रमुख पाएको छ । शेरबहादुर देउवा सरकारले नियुक्त गरेका बाबुराम कुँवरलाई हटाएर नेकपा हुँदा प्रधानमन्त्री ओलीले माओवादीका तर्फबाट अमिक शेरचनलाई नियुक्त गरेका थिए । सत्ताको खेल जारी रहँदा ओलीले अहिले माओवादीका दुई प्रदेश प्रमुख हटाएका हुन् ।

नियुक्तिका लागि सिफारिस गरिएका यादव पूर्वउपसभामुख हुन् भने पौडेल चितवन निवासी हुन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ