पोखरा । गण्डकी प्रदेशसभाको कार्यसूची तय गर्न बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठक विनानिष्कर्ष टुंगिएको छ । तीन घण्टा बसेको समिति बैठकले आज कुनै निश्कर्ष निकाल्न सकेन ।
सत्तारुढ एमाले सांसद कृष्ण थापाले भोलि सभामुखसहित पाँच दलका नेतासँगको छलफलपछि मात्रै संसद बैठक मिति तय गरिने आजको बैठकमा सहमति भएको बताए ।
केही दिनअघि मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छिनोफानो गर्ने गरी बोलाइएको संसद बैठक अनिश्चित कालका लागि स्थागित गरिएको छ । जनमोर्चा सांसद हराएको सूचनाका आधारमा सभामुखले १५ गते बैठक स्थगित गरेका थिए ।
सदन चलाउनकै लागि सभामुखले आइतबारबाट दलका नेताहरुसँग छलफल पनि गरिरहेका छन् । आइतबार सभामुख अधिकारीले राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापासँग भेटेका थिए । बिहान ११ बजे सांसद थापा र सभामुखबीच भेटवार्ता भएको थियो । थापासँग छलफल गर्नुअघि कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरलेसँग फोनवार्ता गरेका थिए ।
एमालेले अविश्वास प्रस्तावको औचित्य सकिएकाले विशेष अधिवेशन अब चल्न नसक्ने बताउँदै आएको छ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा एमालेका २७ सांसद छन् । एमालेलाई १ स्वतन्त्र सांसदको साथ छ । धरमरमा रहेका स्वतन्त्र सांसद राजीव गुरुङ(दीपक मनाङे) लाई मन्त्री बनाएर थप एक भोट सुरक्षित गरेका छन् ।
संसदमा कांग्रेसका १५, माओवादीका १२, जनमोर्चाका ३ र जसपाका २ सांसद छन् । अविश्वास प्रस्तावमा जनमोर्चाको मौखिक समर्थन र २८ सांसदको हस्ताक्षर छ । अविश्वास प्रस्तावमा ३२ सांसदको साथ छ ।
सम्बन्धित खबर
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो