भारतमा कोरोना संक्रमितको संख्या बढ्ने क्रम जारी छ । पछिल्लो २४ घण्टामा ३ लाख ७० हजार ५९ जना नयाँ कोरोना संक्रमित थपिएका छन । त्यस्तै मृत्यु दर पनि निकै उच्च देखिएको छ । कोरोनाका कारण पछिल्लो २४ घण्टामा ३ हजार ४२२ जनाको मृत्यु भएको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा कुल संक्रमितको संख्या १ करोड ९९ लाख १९ हजार ७१५ पुगेको छ ।त्यस्तै कुल मृतकको संख्या २ लाख १८ हजार ९४५ पुगेको छ । त्यहाँ अहिले पनि ३४ लाख १९ हजार ३२ जना सक्रिय संक्रमित रहेका छन ।
त्यसैगरी कोरोना संक्रमणले अधिक प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा २९ हजार ६९९ जना नयाँ संक्रमित थपिएका छन ।जसअनुसार हालसम्म कुल संक्रमितको संख्या ३ करोड ३१ लाख ७९ हजार ४३९ पुगेको छ । त्यस्तै थप ३१२ जनाको मृत्यु भएको छ ।हालसम्म मृत्यु हुनेको कुल संख्या ५ लाख ९१ हजार ६२ पुगेको छ ।
त्यसैगरी ब्राजिलमा २८ हजार ९३५ जना नयाँ संक्रमित थपिएका छन । जसअनुसार हालसम्म त्यहाँ कुल संक्रमितको संख्या १ करोड ४७ लाख ५४ हजार ९१० जना पुगेको छ ।त्यस्तै थप १ हजार २२० जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म मृत्यु हुनेको कुल संख्या ४ लाख ७ हजार ७७५ पुगेको वर्ल्डोमिटरले जनाएको छ ।

सम्बन्धित खबर
विपिन जोशी रिहा हुने आस बढ्यो, हमासको नयाँ प्रस्ताव
क्यानडाको टोरन्टोमा अवतरण गर्ने क्रममा विमान पल्टियो, ३ जना गम्भीर
नयाँदिल्ली रेलवे स्टेसनमा भागदौड हुँदा १८ जनाको मृत्यु, २५ भन्दा बढी घाइते
लेबनानमा शान्ति सेनामाथि आक्रमण, उपरथी ढकाल घाइते
महाकुम्भमा सवारी दुर्घटना हुँदा १० श्रद्धालुको मृत्यु, १९ घाइते
नेपाल भ्रष्टाचार हुने मुलुकको १०७ औँ स्थानमा
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो