भोलिदेखि आन्तरिक उडान पनि बन्द, उड्ने गुड्ने सबैमाथि रोक

भोलिदेखि आन्तरिक उडान पनि बन्द, उड्ने गुड्ने सबैमाथि रोक

Pokhara Airport plane

File Photo

सरकारले कोभिड-१९ संक्रमण भयावहरुपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक र अन्तर्राष्ट्रिय उडानमा बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले सोमबार १२ बजेदेखि सबै आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्त एवं सञ्चार मन्त्री पार्वत गुरूङले जानकारी दिए।

‘आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र वैशाख २२ गते मध्यरातदेखि अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ’, सरकारका प्रवक्ता गुरुङले भने,‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने निर्णय भएको छ।’

कोभिड संक्रमण रोकथाम निर्देशक समिति सीसीएमसीको सिफारिस अनुसार सरकारले आन्तरिक र बाह्य उडान बन्द गर्ने निर्णय गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ