कास्कीका ६९१ जनाको नमुना परीक्षण गर्दा ३६८ जनामा संक्रमण पुष्टि

कास्कीका ६९१ जनाको नमुना परीक्षण गर्दा ३६८ जनामा संक्रमण पुष्टि

Gandaki covid corona 4

पोखरा – पोखरामा कोरोना संक्रमणको दर तिव्र गतिमा फैलिरहेको छ । आइतबार मात्रै कास्कीका ३६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएका मध्ये ६ जना मादी गाउँपालिका, २ जना रुपा गाउँपालिका र २ जना अन्नपूर्ण गाउँपालिकाका छन् भने, अन्य सबै पोखरा महानगरका हुन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा पछिल्लो ४८ घण्टामा कास्कीका ६९१ जनाको नमुना परीक्षण गरिएकोमा ३६८ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।

आज थपिएकासंगै कास्कीमा कोरोना संक्रमित जम्मा संख्या १० हजार ९० पुगेको छ ।

यस्तै पछिल्लो ४८ घण्टामा गण्डकीका अन्य जिल्ला तनहुँमा १४ जना, लमजुङमा ८ जना र नवलपुरका २९ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै स्याङ्गजाका १०४ जना, पर्वतका ९ जना, बागलुङका ४ जना र म्याग्दीका २३ जना, मनाङका ४ जना र  मुस्ताङ् जिल्लाका १३ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको छ।

आज गण्डकीमा पुष्टि भएका ५७६ संगै कोरोना संक्रमितको कूल संख्या १९ हजार २२१ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या २ हजार ४३ छ ।

पछिल्लो ४८ घण्टामा गण्डकीबाट ६४ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ९ सय ४६ पुगेको छ।

गण्डकीमा आइतबार ८ जनाको मृत्यु पुष्टि भएको छ । मृतकहरु पर्वत जिल्ला कुश्मा नगरपालिकाका १ जना, दाङ जिल्ला राप्ती गाउँपालिका -५ घर भइ हाल पोखरा मेडिप्लस अस्पतालमा उपचाररत १ जना, रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -३ का १ जना छन् भने अन्य सबै पोखरा महानगरका हुन्।

आज मृत्यु पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या १३० पुगेको छ भने, गण्डकीमा यो संख्या २३१ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds