पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

पोखरामा थप ८ जना कोरोना संक्रमितको मृत्यु पुष्टि

covid coronaa

पोखरा – कोरोना संक्रमणका कारण पोखरामा एकैपटक ८ जनाको मृत्यु पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कोरोना पोजेटिभ भएर पोखरामा उपचाररत ८ जना संक्रमितको मृत्यु पुष्टि भएको हो ।

मृत्यु पुष्टि हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका -१६ निवासी ७७ वर्षीय पुरुष, पोखरा -२६ निवासी ५८ वर्षीया महिला, पर्वत जिल्ला कुश्मा नगरपालिका -५ निवासी ७६ वर्षीमा महिला, दाङ जिल्ला राप्ति गाउँपालिका घर भइ पोखरामा उपचारतरत ४३ वर्षीय पुरुष, कास्की जिल्ला पोखरा -१६ निवासी ७३ वर्षीया महिला, पोखरा -१० निवासी (वर्ष नखुलेको ) महिला, पोखरा -१९ निवासी ५४ वर्षीय पुरुष, र रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका -३ निवासी ७५ वर्षीय पुरुष रहेका छन्।

थप भएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २३१ पुगेको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ