दाङमा भारतीय नम्बर प्लेटको एउटा कारभित्र मृत अवस्थामा भेटिएका तीन बालकको निस्सासिएर ज्यान गएको प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ ।
अनुसन्धानमा संलग्न अधिकारीहरुले उनीहरुको निस्सासिएरै ज्यान गएको निष्कर्ष निकालेका हुन् । प्रहरीका एक उच्च अधिकारीले भने, “पार्किङमा रहेको कारको एक ढोका खुला रहेछ । उनीहरु तीनैजना सो ढोकाबाट भित्र पसेपछि कार लक हुँदा हावा कतैबाट नपसेपछि उनीहरुको ज्यान गएको हाम्रो प्रारम्भिक निष्कर्ष छ । घटनाको प्रकृति हेर्दा हत्याजस्तो देखिँदैन ।”
उनीहरुको गोजीमा ताससमेत फेला परेको छ । उनीहरु पार्किङ गरेर राखेको कारमा तास्न खेल्न पसेको हुन सक्ने प्रहरी आशंका छ । कार पञ्चर भएर त्यही थन्किएको थियो ।
शनिबार तुलसीपुर उपमहानगरपालिका–६, स्याउलीबजारनजिक भारतीय नम्बर प्लेटको कारमा तीन शव फेला परेको थियो । वैशाख १६ गते हराइरहेका तीन बालक कारभित्र मृत अवस्थामा फेला परेका थिए ।
प्रहरीका अनुसार मृत भेटिनेमा तुलसीपुर–६, गाइडरका भीमबहादुर परियारका १० वर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परियार र किरण परियारका सात वर्षीय छोरा करण परियार छन् । सुवर्ण र किरण दुई दाजुभाइका छोरा हुन् । घटनाको अनुसन्धान प्रहरीको विशेष टोलीले गरिरहेको छ । शवलाई पोस्टमार्टमको लागि अस्पताल पुर्याइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो