काठमाडौं : स्थानीय प्रशासनले निषेधाज्ञालाई हेरेर थप कडाइ गर्न प्रहरीलाई निर्देशन दिएको छ। त्यस्तै, सञ्चार माध्यमलाई समेत सूचना विभागको परिचयपत्रले मात्र हिँड्न पाउने नियम बनाइएको छ।
अघिल्लो तीन दिन सम्बन्धित संस्थाको परिचयपत्रले नै हिँडन दिएको थियो। त्यस्तै, वित्तीय संस्थाहरुलाई पनि कर्मचारी कटौती गर्न भनिएको छ। सुरक्षा निकायलाई पनि सडकमा कडा चेकिङ गर्न निर्देशन दिएको छ। आइतवार बिहान प्रहरीले विभिन्न स्थानमा चेक प्वाइन्ट राखेर जाँच गरिरहेका छन्। जसले गर्दा पनि सडकमा जाम देखिएको प्रहरीले जानकारी दिएको छ।
‘आजबाट चेकिङमा थप कडाई गरेका हौँ। ठाउँ ठाउँमा चेकिङ छ। त्यसैले गर्दा पनि सडकमा केही जाम देखिएको छ,’ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसपी सुशीलसिंह राठौरले भने।
निषेधाज्ञाको समयमा काठमाडौं उपत्यकाभित्र ३ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। यो सङ्ख्यामा सशस्त्र प्रहरी समेटिएको छैन। मास्क नलगाई र काम बिना सडकमा हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएर होल्डिङ क्षेत्रमा राखिएको प्रहरीले जानकारी दिएको छ।
‘अत्यावश्यक काम बाहेक सडकमा त्यसै हिँड्ने मानिसलाई समेत नियन्त्रणमा लिएका छौँ। यसरी हिँड्ने मानिसलाई नियन्त्रणमा लिन्छौँ,’ एसपी राठौंरले भने।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो