मुख्यमन्त्री शंकर पोखरेलले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवले मुख्यमन्त्री पोखरेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जारी गरेको विज्ञप्तिमा मुख्यमन्त्रीको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेको र अर्को सरकार गठन नभएसम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार सञ्चालन गर्न तोकिएको उल्लेख गरेका छन् ।
राजीनामामा मुख्यमन्त्रीले आफू संविधानको धारा १६८ को २ बमोजिम नियुक्त भएको र धारा १७९, १ को ‘क’ अनुसार नयाँ सरकार गठनको लागि मार्ग प्रशस्त गर्न राजीनामा दिएको उल्लेख गरेका विज्ञप्तिमा जनाइएको छ ।
आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल हुने तय भएको केही घण्टा अघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान प्रदेशप्रमुख समक्ष राजीनामा दिएका थिए ।
मुख्यमन्त्री पोखरेलविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूची थियो ।
राजीनामासँगै पुनः मुख्यमन्त्री बन्ने गृहकार्यमा शंकर पोखरेल
अविश्वासको प्रस्तावको सामना गर्नुपूर्व लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिए । पोखरेलको राजीनामा पुनः मुख्यमन्त्री बन्ने सजिलो बाटो सुनिश्चितको लागि आएको उनी निकटष्ठहरु बताउँछन् ।
पोखरेलले संविधानको धारा १६८ को उपधारा १ अनुसार बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतले पुनः सरकार बनाउन राजीनामा दिएको स्रोतको दावी छ ।
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टीका चार र माओवादी केन्द्रका दुई सदस्य पदमुक्त भएका छन् । पार्टीले उनीहरुलाई पदमुक्त गराएको हो । पदमुक्त भएपछि अब लुम्बिनी प्रदेशमा ८१ सदस्यीय प्रदेश सभा सदस्य रहेका छन् । जसमा सरकार बनाउनका लागि आवश्यक संख्या ४१ हो । ४१ नेकपा एमाले एक्लैको छ ।तर मतदानमा जाँदा माधव नेपाल समूहबाट फ्लोर क्रस हुने भएकोले उनले सुरक्षित बाटो रोजेका हुन् ।
विपक्षीहरुसँग सभामुखसमेत जोडेर ३९ मत रहेको छ । एमालेका माधवकुमार नेपाल पक्षका दुई सांसद रहेकाले उनीहरुले फ्लोर क्रस गर्न सक्ने भन्दै विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका थिए ।
अब पोखरेलले आफूलाई संविधानको धारा १६८ (१) बमोजिम मुख्यमन्त्रीमा नियुक्ति गर्न दाबी गर्न सक्नेछन् ।
संविधानको उक्त धारामा भनिएको छ– प्रदेश प्रमुखले प्रदेश सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नेछ र निजको अध्यक्षतामा प्रदेश मन्त्रिपरिषद् गठन हुनेछ ।”

यही व्यवस्थाअनुसार पोखरेल फेरि मुख्यमन्त्री बन्न सक्नेछन् ।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक
धादिङबाट जन्ती पुर्याएर फर्किएको बस काभ्रेमा दुर्घटनाः एक जनाको मृत्यु, चालक गम्भीर
देशका केही स्थानमा वर्षा र हिमपातको सम्भावना
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने