चीनमा पनि भारतीय भेरियन्टको कोरोना देखिएको छ । चीनमा मनाइने पाँच दिने ‘लेबर होलिडे’ अघि चिनियाँ स्वास्थ्य अधिकारीहरुले बाहिरबाट आएका केही मानिसमा परीक्षण गर्दा भारतीय भेरिएन्टको कोरोना भेटाएका हुन् ।
चिकित्सकहरुले कोरोना भाइरसको बी१६१७ म्युटेन्ट भेरियन्ट भेटिएको भन्दै चेतावनी जारी गरेका छन् । भाइरसको यो भेरियन्ट सबैभन्दा पहिले भारतमा भेटिएको थियो ।
चिनियाँ सरकारले सार्वजनिक स्वास्थ्य इमर्जेन्सीजस्तो स्थितिसँग लड्न बनाएको डिजिज कन्ट्रोल एजेन्सीका स्वास्थ्य अधिकारीहरुले भाइरसको भारतीय भेरियन्ट भेटिएको भन्दै देशमा हाई अलर्ट जारी गरेका हुन् ।
अधिकारीहरुका अनुसार भारतबाट आएका केही यात्रीहरूलाई १४ दिन क्वारेन्टिनमा राखिएको थियो । जहाँ उनीहरुलाई भाइरसको संक्रमण पुष्टि भएको हो । यद्यपि, यही भेरियन्टकै कारण भारतमा दोस्रो लहर यति घातक भएको भन्ने अझै पुष्टि भने भएको छैन ।
यद्यपि, उनले नयाँ भेरियन्टबाट कति जना सक्रमित फेला परेका छन् भन्ने चाहिँ जानकारी दिएनन् ।
सम्बन्धित खबर
इजरायलले लेबनानमा गरेको आक्रमणमा परी २३ जनाको मृत्यु
पाकिस्तानको रेलवे स्टेसनमा विस्फोट, १७ जनाको मृत्यु
अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी
कडा प्रतिस्पर्धाबीच अमेरिकी राष्ट्रपतिको चुनाव आज
स्पेनमा बाढीबाट मृत्यु हुनेहरूको सङ्ख्या २ सय नाघ्यो
जापानमा आम निर्वाचन हुँदै
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते