‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन’

‘बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन’

hridayas tripathi

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले नागरिकको उपचारमा सरकारले हातखुट्टा नछोडेको बताएका छन्। शनिबार साँझ एक भिडियो सन्देश मार्फत मन्त्री त्रिपाठीले यस्तो बताएका हुन् ।

‘सरकार यहाँहरुको साथमा छ। बाहिर प्रचार भएजस्तो सरकारले हातखुट्टा छोडेको छैन’, कोरोना भाइरस संक्रमण तथा रोकथामका लागि सरकारले गरेका प्रयासबारे जानकारी दिँदै मन्त्री त्रिपाठीले भने, ‘सरकार जिम्मेवारीका साथ आफ्नो कर्तव्य पालनाका लागि अगाडि बढेको छ।’

उनले सरकार आतंकित हुने स्थितिमा नभएको र उपचारका सबै विधिका लागि थप काम गरिरहेको दाबीसमेत गरेका छन्। ‘हामी आतंकित हुने स्थितिमा छैनौं’, उनले थपे, ‘सरकार उपचार विधिका लागि थप काम गरिराखेको छ।’ मन्त्री त्रिपाठीले उपत्यकामा कोरोना उपचारका लागि भोलिदेखि नै हजार बेड थप हुने दाबीसमेत गरेका छन्।

सरकार नागरिकको जीवन रक्षाका लागि जिम्मेवारीका साथ कर्तव्य पालनामा खटेको भन्दै उनले खोप र अक्सिजन सिलिण्डर जोहो गर्न आफूहरु दत्तचित्त भएर लागेको बताए। त्रिपाठीले चाँडै आवश्यक औषधि आपूर्ति हुने विश्वास व्यक्त गरे।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds