स्याङ्जाको गल्याङ नगरपालिकाले निषेधाज्ञा लगाउने निर्णय गरेकाे छ । नगर कार्यपालिकाको शनिबार बसेको बैठकले कोरोना संक्रमणबाट जोगिनुपर्ने भएकाले भोलिदेखि वैशाख २५ सम्म निषेधाज्ञा लगाउने निर्णय गरेको हो ।
पर्वतमा पनि निषेधाज्ञा
पर्वत सदरमुकाम कुस्मा बजारमा पनि भोलिदेखि निषेधाज्ञा जारी हुने भएको छ । कुस्मा नगरपालिकामा उच्च जोखिम भएको तथा सङ्क्रमणको दर पनि बढ्दै गएपछि वैशाख २५ गतेसम्म एक साताका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, पर्वतले जनाएको छ ।
नागरिकहरू जोखिमयुक्त अवस्थामा रहेको भन्दै जिल्ला प्रशासन कार्यालयमा कुस्मा नगरपालिकाको कार्यालयले लकडाउनको लागि अनुरोध गरेको थियो । शुक्रवार बसेको डिसीसीएमसीको बैठकले त्यसैको आधारमा बजार क्षेत्र रहेको कुस्मा नगरपालिकाको वडा नं. ४, ५, ६ र ७ मा लागू हुने गरी लकडाउनको निर्णय गरेको हो ।
यस अवधिमा अत्यावश्यक काममा बाहेक घरबाट बाहिर निस्कन निषेध गर्ने, एम्बुलेन्स, दमकल, शबबहान, खाद्य सामग्री तथा पशुपक्षीका दाना, तरकारी, फलफूल, दुध डेरी जन्य उत्पादन, माछा, मासु, पानी, ग्यास तथा पेट्रोलियम पदार्थ बोकेका सवारी साधन, सञ्चारकर्मीलगायतका अत्यावश्यक सवारीसाधनलाई परिचयपत्रका आधारमा स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
यस्तै खाद्य सामग्री तथा अत्यावश्यक सेवाका पसलहरूलाई वैशाख १९ गते बिहान देखि लागू हुने गरी बिहान सात बजेदेखि १० बजे सम्म र साँझ चार देखि ७ बजेसम्म मात्रै खुल्नेछन् । लकडाउन अवधिमा औषधि पसलहरू भने पूर्ण रूपमा सञ्चालनमा रहनेछन् । बैङ्क तथा वित्तिय संस्थाहरूलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण रूपमा पालना गरी अत्यावश्यक सेवाहरू मात्र प्रवाह गर्न भनिएको छ ।
यस्तै, ग्रामिण क्षेत्रबाट सदरमुकाम आउजाउ गर्ने तथा बजारसँग छोइएर चल्ने अन्य आन्तरिक सवारी साधनहरुलाई पनि चल्न नपाउने निर्णय भएको छ । तर मध्यपहाडी लोक मार्गमा पर्वत हुँदै बागलुङ, मुस्ताङ, म्याग्दीबाट पोखरा वा देशका अन्य ठाउँमा सिधा रूपमा चल्ने सवारीलाई भने अवरोध नहुने जिल्ला प्रशासन कार्यालय बताएको छ ।
सम्बन्धित खबर
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध