आजतकका चर्चित पत्रकार रोहित सरदानाको कोरोनाका कारण मृत्यु

आजतकका चर्चित पत्रकार रोहित सरदानाको कोरोनाका कारण मृत्यु

rohit dea

भारतीय टेलिभिजन च्यानल आज तकका चर्चित पत्रकार रोहित सरदानाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

नयाँ दिल्लीस्थित मेट्रो अस्पतालमा ४२ वर्षीय सरदानाको शुक्रबार निधन भएको हो। उनलाई ६ दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।

सरदानाले जी न्युजमा पनि काम गरेका थिए। उनी उक्त च्यानल छाडेर सन् २०१७ मा आज तकमा आबद्ध भएका थिए। उनले ‘दंगल’, ‘दस तक’ लगायत कार्यक्रमहरु चलाउँदै आएका थिए।

सरदानालाई कोरोना संक्रमण भए पनि मृत्यु भने हृदयाघातका कारण भएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ