पेशागत मर्यादाप्रति प्रश्न उठाएकोमा लाइफ केयरका डा. नागिलाको ध्यानाकर्षण (पत्र सहित)

पेशागत मर्यादाप्रति प्रश्न उठाएकोमा लाइफ केयरका डा. नागिलाको ध्यानाकर्षण (पत्र सहित)

life care dr nagila

गण्डकी प्रदेश सांसद खिम विक्रम शाहीको नाममा प्राप्त नमुनाको रिपोर्ट पोजेटिभ आएपछि सामाजिक सञ्जाल र सञ्चार माध्यमहरुमा सो बारे आएका प्रतिक्रिया र आशंकाप्रति लाइफ केयर डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरकोे गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

निजको नमुना हामीसँग सुरक्षित रहेको र आवश्यक परेमा छानविनको लागि सम्बन्धित पक्षलाई सहयोग गर्न तयार रहेको जानकारी गराउँदै पेशागत मर्यादाप्रति जिम्मेवार रहिरहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त डा.अमर नागिलाले बताएका छन् ।

यस विषयमा डाक्टर नागिला भन्छन्, सांसद खिम विक्रम शाहीको स्वाब जाचँ गर्दा गण्डकी प्रदेशको ल्याबबाट नेगेटिभ रिजल्ट आयो तर लाइफ केयर डाइग्नोस्टिक्सको ल्याबबाट रिजल्ट पोजेटिभ आयो । त्यसपछि फेरि तेस्रोपटक उनको स्वाब गण्डकी प्रदेश ल्याबमा पठाउँदा पोजेटिभ आएपछि प्रदेश ल्याब र लाइफ केयर डाइग्नोस्टिक्स ल्याबको रिजल्ट मिल्न पुगेको छ ।

साधै उनले राजनितीक जोड घटाउसँग हाम्रो कुनै आइनो-साइनो नरहेको र गरिएका आशंका तथा अनर्गल प्रचारको भ्रममा नपर्नुहुन सेवाग्राहीहरुमा अनुरोध पनि गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ