काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी पारित गर्ने सन्दर्भमा अहिलेसम्म सरकारसंग कुनै छलफल नभएको बताएका छन् । उनले शुक्रबार पत्रकार सम्मेलनमा बाल्दै बाबुराम भट्टराई, सुशील कोइरालाका पालादेखि एमसीसीको प्रक्रिया अगाडि बढेको बताए ।
आफ्नो पालामा मन्त्रीपरिषद्ले एमसीसी अनुदान स्वीकार गर्ने निर्णय पारित मात्रै गरेको उल्लेख गर्दै उनले भने, ‘मेरो बेलामा मात्रै आएको होइन । मेरो बेलामा यति भएको हो, क्याबिनेट डिसिजन गरेर मन्त्रीजीलाई पठाएको हो अमेरिकामा ।’ उनले अगाडी भने, यो ठूलो अनुदान हो, ब्याज तिर्नु पर्ने पनि छैन। यो केबल अनुदान हो।’
एमसिसीबारे भ्रम फैलाइएकोमा असन्तुष्टि समेत पोख्दै उनले भने, ‘यो सित्तैमा दिएको अनुदान हो, ब्याज तिर्नु पनि पर्दैन। तर हरेक भ्रम फैलाइएको छ।’ नेपालमा एमसीसीलाई आउन दिने हो भने अमेरिकी सेना आउँछ भनेर समेत भ्रम फैलाईएको र झुटो प्रचार गरेको भन्दै उनले आक्रोश पोखे ।
उनको भनाई थियो, ‘अमेरिकी सेना आउँछ भनेर, कसले आउन दिन्छ नेपालमा अमेरिकी सेना ? अमेरिकी सेना आउन दिउँला त म आफैँले ? यस्ता झुठा प्रचार गर्ने ?’
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो