पोखरा – पछिल्लो २४ घण्टामा गण्डकीका थप २७४ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले कोभिड सम्बन्धी जारी गरेको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ६१८ जनाको नमुना परीक्षण गरिएकोमा थप २७४ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।
आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जसअनुसार कास्कीका ३१३ जनाको परीक्षण गर्दा पोखरा महानगरका १६३ जनामा कोरोना पुष्टि भएको छ। आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ९ हजार ७ सय २२ पुगेको छ।
यस्तै कास्की बाहिर गण्डकीका अन्य जिल्लामा तनहुँका १७ जनाको परीक्षण गर्दा ७ जना पोजेटिभ, गोरखाका ९१ जनाको परीक्षण गर्दा ४३ जना पोजेटिभ, लमजुङका ४ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ, नवलपुरका ४८ जनाको परीक्षण गर्दा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ।
यस्तै स्याङ्गजाका ३१ जनाको परीक्षण गर्दा ९ जना पोजेटिभ, पर्वतका ३२ जनाको परीक्षणमा २ जना पोजेटिभ, बाग्लुङका ५८ जनाको परीक्षणमा २३ जना पोजेटिभ र म्याग्दी जिल्लाका १६ जनाको परीक्षण गर्दा ९ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको जारी विज्ञप्तिमा जनाइएको छ।
आज गण्डकीमा पुष्टि भएका संक्रमितसंगै कोरोना संक्रमितको कूल संख्या १८ हजार ६ सय ४५ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या बढेर १ हजार ५ सय ३९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ७२ जना कोरोनामुक्त भएका छन् । यो संगै, गण्डकीमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ८ सय ८२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीमा थप तीन जनाको मृत्यु पुष्टि भएको छ । कास्की जिल्ला पोखरा महानगरपालिका -६ निवासी ८२ वर्षीया महिला, स्याङ्गजा जिल्ला अर्जुनचौपारी गाउँपालिका -५ निवासी ६२ वर्षीय पुरुष र मुस्ताङ जिल्ला घरपोङ गाउँपालिका -४ निवासी ७२ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु पुष्टि भएको निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।
आज पुष्टि भएका तीन मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२४ पुगेको छ ।







सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो