कोरोना संक्रमणका कारण पोखरामा थप दुईको मृत्यु पुष्टि

कोरोना संक्रमणका कारण पोखरामा थप दुईको मृत्यु पुष्टि

corona death

File Photo.

पोखरा – शुक्रबार कोरोना संक्रमणका कारण पोखरामा थप दुई जनाको मृत्यु पुष्टि भएको छ।

कास्की जिल्ला पोखरा महानगरपालिका -६ निवासी ८२ वर्षीय संक्रमित महिला र स्याङ्गजा जिल्ला अर्जुन चौपारी गाउँपालिका -५ निवासी ६२ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विनोद विन्दु शर्माले जानकारी दिए ।

शर्माका अनुसार गत बैशाख १५ गते कोरोना पोजेटिभ देखिएर उपचारका लागि चरक मेमोरियल अस्पताल भर्ना भएकी पोखराकी महिलाको बिहीबार बेलुका उपचारकै क्रममा मृत्यु भएको हो।

यस्तै गएको बैशाख ५ गते कोरोना पोजेटिभ पुष्टि भएर उपचारका लागि मणिपाल शिक्षक अस्पताल भर्ना भएका स्याङ्गजाका पुरुषको उपचारकै क्रममा बिहीबार राति १२:४५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

आज थप मृतकसंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२३ पुगेको निर्देशनालयले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ