एक खुट्टाले साइकल चलाई मेची-महाकाली यात्रा गर्ने रसाइलीको कोरोना संक्रमणबाट निधन

एक खुट्टाले साइकल चलाई मेची-महाकाली यात्रा गर्ने रसाइलीको कोरोना संक्रमणबाट निधन

yamlal

कैलालीको लम्कीचुहा नगरपालिकाका–१ घर भएका ४३ वर्षीय साइकलयात्री यमलाल रसाइलीको कोरोना संक्रमणबाट निधन भएको छ ।

घरमै रहेका उनमा कोरोना संक्रमण भएपछि उपचारको लागि धनगढीस्थित अस्थायी कोरोना अस्पातालमा भेन्टिलेटरमा उपचार गर्दागर्दै निधन भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।

यमलालले एउटा खुट्टाको सहारामा मेची–महाकाली मात्र नभई मुगुको रारा ताल अनि भारतमा आयोजना भएका छोटो तथा लामो दूरीका प्रतिस्पर्धामा सफल साइकल यात्रा गरेका थिए । यमलालले केही वर्ष अगाडि गाडी दुर्घटना हुँदा खुट्टा गुमाएका थिए ।

यमलाल शारीरिक रूपमा स्वस्थ व्यक्ति हुन् । खेलाडीसमेत भएको हुँदा उनमा कुनै प्रकारको स्वास्थ्य समस्या थिएन । तर, एक्कासी बिरामी भएपछि परीक्षण गर्दा कोरोना देखिएपछि शुक्रबार उपचारकै क्रममा उनको मृत्यु भयो । दुर्घटनामा खुट्टा गुमाएपछि उनले अपांगता क्षेत्रमा पनि काम गर्दै आएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds