काठमाडौं—कोरोनाविरुद्धको भेरोसेल खोप अभियान सरकारले बिहीबारदेखि स्थगित गरेको छ । स्वास्थ्य सेवा विभागले भेरोसेल खोप लगाउने अभियान वैशाख १६ गते अर्थात आजबाट स्थगित गरेको प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले बताए ।
परिवार कल्याण महाशाखा अन्र्तगत खोप शाखाले यस अघि १६ गते भेरोसेल खोपको पहिलो मात्रा लगाइने जानकारी दिएपनि बुधबारबाटै स्थागित गरेको हो । भेरोसेल खोप चीन सरकारले ८ लाख डोज नेपाल सरकारलाई अनुदान सहयोगमा उपलब्ध गराएको थियो ।
चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज मध्ये पहिलो मात्रामा ४ लाखलाई चैत्र २५ गतेदेखि ७ जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका २३ स्थानमा खोप अभियान सञ्चालन गरिएको थियो । उक्त खोप पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई दिइएको थियो ।
यस्तै, भेरोसेल खोप यस्तै यसअघि लगाउन छुटेका अग्रपङ्क्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल, ट्रेकिङ, विज्ञापन, इन्टरनेट, औषधि, फलफूल र तरकारी व्यवसाय गर्ने व्यक्तिहरुले लगाएका छन । चिनियाँ भेरोसेल खोप करिब ३ लाखले लगाएपछि उपत्यकाका सिमित अस्पतालबाट आम सर्वसाधारण १८ देखि ५९ वर्ष उमेर समूहका नागरिकले लगाएका थिए ।
सम्बन्धित खबर
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
आजको मौसम पूर्वानुमान
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो