पूर्वरानी कोमल आइसियूमा

पूर्वरानी कोमल आइसियूमा

komal

कोरोना भाइरस संक्रमण देखिएपछि राजधानीको नर्भिक अस्पतालमा भर्ना भएकी पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाहको अवस्था केहि बिग्रिएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि उनलाई अस्पतालको आइसियूमा सारिएको छ । पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालका अनुसार उनलाई धेरै नै अक्सिजन दिनु परेको छ ।

कोरोना संक्रमण भएर सोही अस्पतालमा भर्ना भएका पूर्वराजा ज्ञानेन्द्र शाह र छोरी प्रेरणाको स्वास्थ्य अवस्था भने सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

वैशाख ७ गते कोरोना संक्रमण भएको पुष्टि भएपछि घरमै आइसोलेसनमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल र छोरी प्रेरणा स्वास्थ्यमा समस्या देखिएपछि नर्भिक अस्पताल भर्ना भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds