कोभिड संक्रमणपछि चरक मेमोरियल अस्पताल भर्ना भएका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री र अर्थमन्त्रीले भेट्न पाएनन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्री किरण गुरुङ बेलुकी चरक अस्पताल पुगेका थिए । अस्पतालका एमडी कपिल पोखरेलले स्वास्थ्य अवस्थाबारे जानकारी गराएपनि भेट्न भने नमिल्ने बताए ।
पोखरेलले शाही कोरोना संक्रमित भई आइसियुमा रहेको हुँदा यस्तो बेला भेट्न नमिल्ने भन्दै मन्त्रीद्वयलाई ब्रिफिङपछि माफी चाहन्छु भन्दै भेट नदिई फर्काइदिएका थिए । यसअघि कांग्रेस र जनमोर्चाका नेताहरूले पनि सांसद शाहीलाई भेट्न पाएका थिएनन् ।
जनमोर्चा गण्डकी अध्यक्ष शंकर बरालले सांसद शाहीको बिरामी प्रकरणमा षड्यन्त्रको गन्ध आएको प्रतिक्रिया दिएका थिए । उनले भेट्न नपाएपछि अस्पताल प्रशासन र जिल्ला प्रशासनसँग आक्रोश पोखेका थिए ।
काँग्रेसकी सांसद मनकुमारी गुरुङ पनि सोहि अस्पतालमा भर्ना भएकी छन् । उनको बारे पनि मुख्यमन्त्रीले चासो राखेका थिए ।

मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्तावमा छिनोफानो हुने दिन बुधबारै उनी अनुपस्थित भएका थिए । अविश्वासको पक्षमा रहेको जनमोर्चाका प्रदेशसभा सदस्य शाही अनुपस्थित हुने पक्का भएपछि सभामुख नेत्रनाथ अधिकारीले सदन स्थगित गरिदिएका छन् ।
परीक्षणमा पोजेटिभ देखिने सांसदले सदनमा बोल्न नपाउने तर अविश्वास प्रस्तावमा मत हाल्न पाउने गरी निर्णय भएको अवस्था छ । अब उनको स्वास्थ्य अवस्था सामान्य नभई संसद चल्ने अवस्था देखिँदेन । सभामुखले समय नतोकी सदन स्थगन गरेका छन् ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन