रसियाले खराब सम्बन्ध रहेका देशको सूची सार्वजनिक गर्दै, पहिलो नम्बरमा अमेरिका

रसियाले खराब सम्बन्ध रहेका देशको सूची सार्वजनिक गर्दै, पहिलो नम्बरमा अमेरिका

putin

तस्विर : एपी

एजेन्सी – अमेरिका र रुसबिच सम्बन्ध तिक्ततापूर्ण अवस्थामा पुगेका बेला रुसले आफ्ना शत्रु राष्ट्रहरूको सूची सार्वजनिक गर्ने तयारी गरेको छ । रुसको सरकारी समाचार एजेन्सी तासले जनाए अनुसार सो सूचीमा अमेरिका एक नम्बर पर्दैछ ।

यस बाहेक रुसले शत्रु करार गर्न लागेका अन्य मूलकहरूमा बेलायत, क्यानडा, युक्रेन, अस्ट्रेलिया पनि रहेका छन् । त्यसैगरि, पोल्यान्ड, चेक रिपब्लिक, लिथेनिया, लात्तबिया र इष्टोनियालाई पनि रुसले कालोसूचीमा राख्ने तयारी गरेको छ ।

रुसका राष्ट्रपति भ्लादमिर पुटिनले त्यहाँ रहेका विदेशी दूतावासहरूमा रसियन नागरिकलाई काम लगाउन नपाइने आदेशमा हस्ताक्षर गरेको केही दिनमा नै यस्तो समाचार सार्वजनिक भएको हो ।

उनले हालै एउटा टेलिभिजनलाई दिएको अन्तरवार्ता अनुसार अमेरिका त्यो सूचीको प्रमुख हिस्सा हुने कुरा जनाइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ