तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो ।
जिल्लाका प्रसिद्ध धार्मिकस्थल अकला देवी, तनहुँ कालिका, थानीमाई, आँधीमूल, पर्यटकीयस्थल मानुङकोट, गलेखामकोट, परेवाडाँडा, बन्दिपुरलगायत क्षेत्रमा जमघट नहुन परिपत्रका साथ आग्रह गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
छाब्दी बाराही मन्दिरमा पूजाअर्चनाका लागि बन्द गरिएको छ । जिल्लास्तरी कोभिड सङ्कट व्यवस्थापन समितिले मठमन्दिरलगायत धार्मिक र पर्यटकीयस्थलमा भीडभाड नगर्न निर्देशन दिएपछि सोमबारदेखि नै बन्द गरिएको छाब्दीबाराही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
त्यसैगरी, ढोरबाराही मन्दिरमा आजदेखि भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । नित्य पूजाअर्चनाबाहेक भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । गत वर्ष चैतदेखि शुरु भएको कोरोना सङ्क्रमण असारपछि क्रमिकरूपमा घट्दै गएपछि मन्दिरमा भक्तजनको चाप बढ्दै गएको पुजारी चिरञ्जीवी लम्सालले बताए ।
इलाका प्रहरी कार्यालय बेलचौतराबाट आएको प्रहरी टोली पूजाअर्चना मङ्गलबारबाटै रोक्न भने पनि टाढा–टाढाबाट भक्तजन आएकाले आजदेखि बन्द गर्ने निर्णय गरिएको उनले बताए । शुक्लागण्डकी नगरपालिका–९ बाजस्थलमा रहेको ढोरबाराही मन्दिर भगवान् विष्णुको तेस्रो अवतारका रूपमा लिइन्छ ।
मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । मनोकाङ्क्षा पूरा हुने भएकाले उक्त मन्दिरमा पूजाअर्चना र बलि दिनका लागि छिमेकी जिल्ला स्याङ्जा, कास्की, गोरखा, लमजुङ, पाल्पा, नवलपुर, चितवनबाट भक्तजन आउने गर्छन् ।
कोरोना सङ्क्रमण फैलिँदै जान थालेपछि जिल्लाका धार्मिक एवं पर्यटकीयस्थलमा मानिसलाई जमघट नहुन आग्रह गरिएको तनहुँका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए । अनिवार्य मास्क लगाएर हिँड्न र जमघट भएर नबस्नका लागि जनचेतनामूलक कार्यक्रम गर्दै आएको उनले जानकारी दिए ।
सम्बन्धित खबर
पूर्ण स्मृति शुक्लागण्डकी एफ एम सम्मान तथा पुरस्कार–२०८१ प्रदान, नयाँ समिति सर्वसम्मत
चौथो ऋषिङ्ग अल्ट्रा म्याराथनको उपाधि नेपाली सैनिकका हुमलाल श्रेष्ठलाई
तनहुँमा श्रीमानले गरे अचानोले हानेर श्रीमतीको हत्या
तनहुँमा सहकारीका प्रबन्धकलाई कुटपीट गरेको आरोपमा वडाध्यक्षसहित पाँच जना पक्राउ
बन्दीपुर केबलकारको स्पष्टिकरणः नियमित सर्भिसिङ गरिएको हो, कुनै दुर्घटना र क्षती भएको छैन
बन्दीपुर केबलकारको लिग भाँचिएर डिब्बा भुईँ नजिकै लत्रियो
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
कथा सकिने डरले चलचित्र निर्देशक बनेका गायक प्रकाश सपूत
देवघाटमा माघे सङ्क्रान्ति मेला सुरु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी