कास्कीका १७३ सहित गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

कास्कीका १७३ सहित गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि, दुईको मृत्यु

Gandaki covid corona 1

पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका १७३ सहित गण्डकीमा थप ३०८ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गण्डकीका १०१८ जनामा गरिको परीक्षणमा थप ३०८ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका ९ जिल्लाका छन् । जस अन्तर्गत कास्कीका ७०४ जनाको परीक्षण गर्दा १७३ जना, तनहुँका २३ जनाको परीक्षण गर्दा ७ जना, गोरखाका ११७ जनाको परीक्षण गर्दा ४६ जना, नवलपुरका ३० जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका ६३ जनाको परीक्षण गर्दा ४१ जना, पर्वतका १५ जनाको परीक्षण गर्दा ५ जना, बाग्लुङका ३२ जनाको परीक्षण गर्दा १७ जना, म्याग्दीका १७ जनाको परीक्षण गर्दा ११ जना र मुस्ताङ जिल्लाका ८ जनाको परीक्षण गर्दा १ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १८ हजार २५९ पुगेको छ, जसमा सक्रिय संक्रमितको संख्या बढेर १२८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट २६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ७ सय ५१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीमा थप दुई जनाको मृत्यु पुष्टि भएको छ ।

मृतक बाग्लुङ जिल्ला बाग्लुङ नगरपालिका -११ निवासी ६१ वर्षीया महिला र गोरखा जिल्ला गोरखा नगरपालिका -१४ निवासी ५५ वर्षीय संक्रमित पुरुष रहेका छन्  । थपिएका मृतकसंगै गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २१९ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ