गण्डकीमा सांसदको कोरोना रिपोर्ट आएपछि मात्रै प्रदेशसभा बैठक

गण्डकीमा सांसदको कोरोना रिपोर्ट आएपछि मात्रै प्रदेशसभा बैठक

Gandaki Samsad

गण्डकी प्रदेशसभाको विशेष अधिवेशनको दोस्रो बैठक सत्तापक्षकै कारण आज चल्न सकेन । बढ्दो कोरोना माहामारीबीच पीसीआर जाँच नै नगरी बैठक बस्न नहुने सत्तापक्षको मागपछि अब परिक्षण गरेपछि मात्र बैठक बस्ने सहमति भउको छ ।

सत्तारुढ एमाले सांसद राजिव पहारी बोलेपछि आजको बैठक स्थगित भएको थियो । २० मिनेट स्थगनपछि सदन चल्न सकेन र लामो छलफलपछि परिक्षण गरेपछि बस्ने सहमतिमा टुंगिएको हो ।

सभामुखको कार्यकक्षमा आजै बसेको प्रदेशसभा कार्य व्यवस्था समितिको बैठकले मंगलबार नै सबै सांसदको पीसीआर परिक्षणका लागि स्वाब दिने र बुधबारसम्म रिपोर्ट आएपछि दिउँसो १ बजे बस्ने सहमति जुटाएको हो ।

बैठकले यदि कुनै सांसदमा कोरोना रिपोर्ट पोजेटिभ आएमा उनीहरुलाई मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावमा छलफलमा सहभागी हुन निदने तर मतदान गर्न भने पाउने सहमति पनि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds