‘व्यायाम नगर्ने मान्छे कोरोनाबाट मर्ने सम्भावना बढी’

‘व्यायाम नगर्ने मान्छे कोरोनाबाट मर्ने सम्भावना बढी’

yoga

 व्यायाम गर्दा शरीर फिट तथा स्वस्थ हुन्छ । कोरोनाको जोखिमबाट बच्नका लागि सबैले व्यायाम गर्नु जरूरी छ । ब्रिटिश जर्नल अफ स्पोर्ट्स मेडिसिनमा छापिएको अध्ययनअनुसार, व्यायाम नगर्ने मानिस कोरोनाका कारण मर्ने सम्भावना बढी छ ।

अध्ययनमा ५० हजारजना कोरोना संक्रमितलाई हेरिएको थियो । दुई वर्षदेखि कुनै व्यायाम नगरेकाहरूमा संक्रमण बढी देखिएको पाइयो ।

अनि खोप लगाएका मानिसमा कोरोनाका कारण हुने मृत्युको आँकडा एकदमै कम रहेको तर खोप नलगाउनेहरूमा कोरोनाको प्रबल जोखिम रहेको पनि अध्ययनमा देखिएको छ ।

खोप लगाएका मानिसलाई पनि कोरोना लागेकाले नियमित व्यायाम जरूरी रहेको विज्ञहरू बताउँछन् । बढ्दो उमेर, चिनीरोग, मोटोपन तथा मुटुरोग भएकाहरूलाई कोरोनाले ज्यानको जोखिम बढाउने देखिएको छ । अनि नियमित व्यायाम नगर्नेहरूलाई झनै बढी असर गर्ने गरेको पाइएको छ ।

-एजेन्सी

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds