मास्क नलगाउने प्रधानमन्त्रीलाई २१ हजार बढी जरिवाना

मास्क नलगाउने प्रधानमन्त्रीलाई २१ हजार बढी जरिवाना

thai-pm-action

काठमाडौं । नियम भनेको नियम नै हो । नियम लगाएपछि त्यसको पालना सबैले गर्नैपर्छ । त्यस्तै भएको छ थाइल्याण्डमा । सरकारले बनाएको नियम प्रधानमन्त्रीले नै तोडेपछि उनलाई जरिवाना लागेको छ ।

थाइ प्रधानमन्त्री जनरल प्रयुत चान ओचालाई मास्क नलगाएको आरोपमा ६ हजार भाट (१९० अमेरिकी डलर) अर्थात् नेपाली २१ हजार बढी जरिवाना गरिएको छ ।

थाइल्याण्डमा कोरोना खोप अभियानका बिषयमा आफ्नै अध्यक्षतामा आह्वान गरिएको बैठकमा प्रधानमन्त्री प्रयुथ चान ओचाले मास्न नलगाएको भन्दै उक्त रकम बराबरको जरिवाना गरिएको हो ।

बैंककका गभर्नर अश्विन क्वांमुआंगका अनुसार प्रधानमन्त्री बिना मास्क बैठकमा सहभागी भएको भन्दै प्रहरीमा उजुरी परेपछि कारबाही गरिएको हो । जबकि तिनै प्रधानमन्त्रीले कोरोना महामारीका बीच मास्क नलगाउने जो कोहीलाई २० हजार भाट जरिवान गर्ने नियम लगाएका थिए ।

थाइल्याण्डमा कोरोनाका कारण हालसम्म ५९ हजार २२५ जना संक्रमित भइसकेका छन् । मंगलबार २ हजार १७९ जना संक्रमित थपिएका छन् । १५ जना मृतक थपिएका छन् ।

हालसम्म १६३ जनाको ज्यान गइसकेको छ । थाइल्याण्डमा अझै २५ हजार ९७३ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ