भारतमा कोरोना कहरः बोरामा राखेर चाङ लगाएर लगियो शव

भारतमा कोरोना कहरः बोरामा राखेर चाङ लगाएर लगियो शव

beed-1

तस्वीरः आजतक

दोस्रो लहरको कोरोना संक्रमणले भारत नराम्रोसँग प्रभावित भएको छ। भारतमा दैनिक तीन लाख भन्दा बढी मानिसहरु संक्रमित भइरहेका छन् भने मृत्यु हुनेको संख्या दैनिक २ हजार भन्दा माथि रहेको छ।

मृत्यु हुनेको संख्या बढिरहँदा भारतमा शव व्यवस्थापनमा समस्या देखिएको समाचारहरु आइरहेका छन् ।अस्पतालमा रहेका शव अन्त्येष्टिका लागि लैजानसमेत वाहनहरु पर्याप्त छैनन् ।

महाराष्ट्रमा दैनिक मृत्यु हुनेको संख्याले रेकर्ड बनाइरहँदा एकै एम्बुलेन्समा दर्जनबढी शवहरु राखेर श्मशान या कब्रस्तान लगिएको तस्वीर सार्वजनिक भएको हो।

महाराष्ट्रको बीड जिल्लाको अंबाजोगाईमा स्वामी रामानन्द तीर्थ अस्पतालमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव आइतबार एकै एम्बुलेन्समा कोचेर कब्रस्तान लगिएको थियो।

यसरी कोचाकोच गरेर शवमाथि अमानवीय हर्कत गरिएको भन्दै चर्को विरोध भइरहेको छ। अस्पताले भने एम्बुलेन्सको अभावका कारण समस्या भएको बताएको छ।

२५ अप्रिलमा कोरोनाका कारण ज्यान गुमाएका २२ शव एकै एम्बुलेन्समा चाङ लगाएर कब्रस्तान लगिएको थियो । त्यसपछि मानिसहरुले स्थानीय प्रशासन विरुद्ध आक्रोश पोखिरहेका छन्।

अस्पताल प्रशासनले आफूहरुसँग दुईवटा मात्र एम्बुलेन्स रहेको र पाँच एम्बुलेन्स माग गरिएको भएपनि अहिलेसम्म उपलव्ध नहुँदा समस्या भएको बताएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ