कोरोना त्रास बढेसँगै काठमाडौं, पोखरा छाड्नेको संख्या बढ्यो

कोरोना त्रास बढेसँगै काठमाडौं, पोखरा छाड्नेको संख्या बढ्यो

nagdhunga 11

कोभिड–१९ संक्रमण पुनः बढ्न थालेसँगै देशभर निषेधाज्ञा भोषणा गर्ने क्रम सुरु भउको छ । वैशाख १६ गतेदेखि काठमाण्डौ उपत्यकाका ३ वटै जिल्लामा निषेधाज्ञाा सुरु हुँदैछ । २ दिन काठमाण्डौ छाड्नेलाई समय दिइएको प्रशासनले जनाएको छ ।

यही कारण अहिले काठमाडौं उपत्यका छाड्नेको संख्या ह्वात्तै बढेको छ। पहिलेजस्तै अभावले हुने त्रासले उपत्यका बाहिरिनेको संख्या दिनहुँ बढ्न थालेको छ। पोखरामा पनि पहिलेको तुलनामा बसपार्कमा भिडभाड देखिएको छ । अब, काम बन्द हुने र लकडाउन पूर्ण रुपमा भएमा खान पनि नपाइने पीरमा आफ्ना घर फर्कन सुरु भएको छ ।

सामान्य अवस्थाभन्दा दैनिक दुई गुणा बढी यात्रुबाहक बसले काठमाडौं उपत्यकाका छाडिरहेका महानगरीय ट्राफिक प्रहरी प्रवक्ता श्यामकृष्ण अधिकारीले बताए। बिहीबार मात्र काठमाडौं उपत्यकका विभिन्न नाका भएर ७ हजार ७ सय गाडीले उपत्यका छाडेका उनले बताए।

लामो दूरीका बसमा समेत सरकारले तोकेको स्वास्थ्य सुरक्षाका मापदण्ड नहुँदा यात्रुहरू जोखिम मोलेर घर फर्किन बाध्य छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds