चितवन । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले आफू पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूलाई पार्टी फुटाउन खोजेको आरोप लगाइएको बताए ।
आफूहरु पार्टीलाई बलियो बनाउने अभियानमा लागेको बताउँदै उनले भने, “हामी पार्टी बलियो बनाउने अभियानमा जुटेका छौँ । पार्टी फुटाउन खोज्यो भन्नुहुन्छ बा ।” अर्को पार्टी बनाएको आरोपको खण्डन गर्दै उनले थपे, “कहाँबाट पार्टी फुटाउनु । हामी यो पार्टीका कार्यकर्तालाई लाखा-पाखा हुन दिँदैनौँ । एकताबद्ध बनाउँछौं । सही विचारको पक्षमा उभिने बनाउँछौं ।”
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाउनुपर्ने उनको भनाइ थियो । उनले भने, “उहाँले समस्याको कारण खोजी पहिचान गरेर गम्भीरतापूर्वक सोच्नुपर्छ भन्ने मेरो धारणा हो ।” आफू र ओली बीचको एकता सम्भव रहेको बताउँदै उनले अध्यक्ष ओलीले फागुन २८ गतेको निर्णय फिर्ता लिएर विसं २०७५ जेठ २ गतेको अवस्थामा फर्कनुपर्ने बताए । उनले भने, “पार्टी विभाजन भएको छैन । लचिलो बन्नु पर्यो भन्ने कुरा हो ।”
कार्यकर्ताको भावना बुझ्न नसकेका कारण पार्टीभित्र सङ्घर्ष बढेको उनको भनाइ थियो । समस्या समाधानका लागि राजनीतिक रुपमा हल खोज्नुपर्ने उनले बताए । पार्टी भित्रको समस्या के हो ? कार्यकर्ताको भावना के हो भन्ने बुझ्न जरुरी रहेको उनको जिकिर थियो । कर्णाली प्रदेशका सांसदहरुलाई गरिएको कारवाही जायज नभएको नेता नेपालले दाबी गरे ।
सम्बन्धित खबर
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो