गण्डकी प्रदेशको राजधानी कास्कीको पोखरा महानगरपालिकाभित्र संक्रमित दर बढ्दै गएपछि महानगरभित्र पूर्ण निषेधाज्ञा तयारी गरिएको छ । पूर्ण लकडाउन अघि एक हप्ता पर्ख र हेरको अवस्थामा कास्की प्रशासन पुगेको छ । वैशाख १५ देखि २१ गतेसम्म आंशिक निषेधाज्ञा घोषणा गरेको छ ।
काठमाडौं उपत्यकाभित्र आगामी वैशाख १६ गतेदेखि निषेधाज्ञा घोषणा गरिएसँगै कोरोनाको उच्च जोखिम कास्कीमा पनि निषेधाज्ञा हुनसक्ने आमसर्वसाधारणको अनुमान बमोजिम कास्की प्रशासनले तत्कालै पूर्ण निषेधाज्ञा भने घोषणा गरेन । तर, हिँडडुल बाहेकका अरु सबैजसो क्रियाकलापमा भने बन्देज लाग्ने गरी आदेश जारी गरेको छ ।
वैशाख १५ गतेदेखि नै यातायातमा जोर बिजोर प्रणाली लागु गरिने भएको छ । जोर गतेको दिन जोर नम्बर र बिजोर दिनमा बिजोर नम्बरका सवारी चलाउन पाउनेछन् । खाद्यान्न र अत्यावश्कीय सामाग्रीको पसल बाहेक अरु पनि बन्द हुने, १५ जना भन्दा बढी भेला भएर जन्ती, मलामी जान नपाइने, मनोरञ्जन तथा खेलहरु सबै बन्द हुने आदेश छ ।

पोखरामा संक्रमितको दर बढेपछि अस्पतालमा शय्या समेत पाउन मुस्किल भएको गुनासो आउन थालेको छ ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन