भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

भारतसँग जोडिएका सीमा नाका बन्द गर्ने सरकारको निर्णय

naka check corona

काठमाडौं– कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै सरकारले अन्तर्राष्ट्रिय (नेपाल–भारत) सीमा बन्द गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख १६ (बिहीबार)देखि नेपाल–भारत सीमा क्षेत्र बन्द गर्ने निर्णय गरेको हो। वैशाख १६ गतेदेखि सीमानाका बन्द गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।

पछिल्लो समय भारतमा दोस्रो लहरको कोरोना संक्रमण उच्च तहमा पुगेका बेला भारतसँगको सीमा बन्द गरिनुपर्ने माग हुँदै आएको थियो।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि रोजगारीका लागि त्यहाँ गएका नेपालीहरु अहिले स्वदेश फर्किन थालेका छन्। सरकारको निर्णयबाट उनीहरु प्रभावित हुनेछन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds