चिकित्सकको प्रेसक्रिप्सन विना औषधी बिक्री गर्ने पोखराको एक फार्मेसी शिल

चिकित्सकको प्रेसक्रिप्सन विना औषधी बिक्री गर्ने पोखराको एक फार्मेसी शिल

shil

पोखरा – चिकित्सकको प्रेसक्रिप्सन विना बिक्री गर्न नहुने औषधि बिक्री गरेको अभियोगमा पोखराको एक आयुर्वेद फार्मेसी शिल गरिएको छ ।

पोखरा महानगरपालिका वडा नं -१४ मा रहेको स्थानीय २८ वर्षीय जीवन सुनारको नाउँमा रहेको उक्त फार्मेसीलाई सोमबार कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी, वडाअध्यक्ष र स्वास्थ्य कार्यालयका प्रतिनिधी सहितको अनुगमनको टोलीको रोहवरमा फार्मेसी शिल गरिएको हो ।

प्रदेश प्रहरीका वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलका अनुसार उक्त फार्मेसीले चिकित्सकको प्रेसक्रिप्सन विना बिक्री गर्न बन्देज लगाइएको औषधी बिक्री गर्दै आएको र फार्मेसी समेत अर्कै व्यक्तिले संचालन गर्दै आएको पाइएको थियो ।

हाल उक्त घटनाका विषयमा थप अनुसन्धान भइरहेको उपरीक्षक पोखरेलले जानकारी दिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ