पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका १७० जनाको नमुना परीक्षण गर्दा पोखराका ६९ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार पोखरा महानगरपालिकामा मात्र ६९ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या २ हजार २१० पुगेको छ ।
यस्तै गण्डकीका अन्य जिल्लामा तनहुँका २३ जनाको परीक्षणमा ५ जना, लमजुङका २० जनाको परीक्षणमा २ जना, नवलपुरका २६ जनाको परीक्षणमा १२ जना, स्याङ्गजाका ७ जनाको परीक्षणमा ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै पर्वतका १५ जनाको परीक्षणमा ५ जना र म्याग्दी जिल्लाका ९ जनाको परीक्षण गर्दा ५ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
आज गण्डकीमा पुष्टि भएका १०१ जनासंगै कोरोना संक्रमितको कूल संख्या १७ हजार ८ सय ३६ पुगेको छ। जसमा ९३७ सक्रिय संक्रमित छन् ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट ४० जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ८६ पुगेको छ भने, संक्रमणकै कारण गण्डकीमा आज थप ४ जनाको मृत्यु पुष्टि भएको छ।
आज पुष्टि भएका मृतकसंगै गण्डकीमा ज्यान गुमाउनेको संख्या २१५ पुगेको निर्देशनालयले जनाएको छ ।


सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो