गण्डकी प्रदेशमा आज चार कोरोना संक्रमितको मुत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीका १, स्यांङ्जाका १ र पोखराका २ जना छन् ।
आज मृत्यु भएका स्याङ्जा वालिङका एक पुरुष, म्याग्दी रघुगंगाका एक पुरुष, पोखराका एक पुरुष र एक महिला छन् । स्याङ्जाको वालिङ–१२ का ५८ वर्षीय पुरुषको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारका क्रममा मृत्यु भएको छ ।
म्याग्दीको रघुगंगा–३ का ७८ वर्षीय पुरुष संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो भने पोखरा–२५ का ९१ वर्षीय पुरुषको मेडिप्लस अस्पताल पोखरामा बिहान मृत्यु भएको विज्ञप्तिमार्फत जनाइएको छ । पोखरा–१ का ५५ वर्षीया कोरोना संक्रमित महिलाको सोमवार मध्याह्न मेडिप्लस अस्पतालमा मृत्यु भएको हो ।
योसँगै गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ सय १५ पुगेको छ ।
सम्बन्धित खबर
उद्योग वाणिज्य संघको नेतृत्वमा लम्कँदै ‘तेस्रो पुस्ता’
सिंगापुरमा फेरि कोरोना, नागरिकलाई भन्यो – ‘अस्पतालमा संक्रमितको चाप बढ्यो, सतर्क होऔँ’
कोरोना संक्रमणका कारण एक जनाको मृत्यु, थप १०६ जनामा संक्रमण पुष्टि
बढ्न थाल्यो कोरोना संक्रमणदर, देशभर ३९६ सक्रिय संक्रमित
एकैदिन थप २ जनाको मृत्यु, २ सय जनामा कोरोना संक्रमण
थप २०६ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु पुष्टि
यो पनि पढौँ
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
डिभिजन वन तनहुँमा योग्यता नपुगेका व्यक्तिलाई प्रमुख बनाइएको भन्दै अदालतमा मुद्धा
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
वीरेन्द्र स्कुलमा प्रतिभा प्रस्फुटन कार्यक्रम