गण्डकीमा हप्तादिनमै संक्रमित संख्या दोब्बर, कास्कीमा ६३३ जना सक्रिय संक्रमित

गण्डकीमा हप्तादिनमै संक्रमित संख्या दोब्बर, कास्कीमा ६३३ जना सक्रिय संक्रमित

Gandaki covid corona 4

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या डरलाग्दो रुपमा बढेको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार पछिल्लो एक हप्तामै संक्रमित संख्या दोब्बरभन्दा बढी भएको छ । सक्रिय संक्रमित पनि धेरै छ ।

यो हप्ता ५ सय ७२ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिएका छन् । यस्तै, गण्डकीका ४ जनाको मृत्यु भएको छ ।

२९ चैतदेखि ५ वैशाखमा प्रदेशमा २ सय ५८ संक्रमित भेटिएका थिए । प्रदेशभर अहिले ८ सय ८० जना कोरोना संक्रमित छन् । तीमध्ये ६ सय ३३ अर्थात् ७१.९३ प्रतिशत संक्रमित कास्कीका हुन् ।

प्रदेशमा आइतबारसम्म १७ हजार ७३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये १६ हजार ६४६ जना निको भएको र २११ जनाको मृत्यु भएको छ ।

कास्कीमा सक्रिय संक्रमितको संख्या ५ सय भन्दा बढी भएकाले लकडाउन हुने देखिएको छ । संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds