मन्त्रिपरिषदको बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने तयारी

मन्त्रिपरिषदको बैठक बस्दै, संक्रमण नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदन गर्ने तयारी

kp oli cabinet

काठमाडौँ- मन्त्रिपरिषद् बैठक आज बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा ५ बजे डाकिएको बैठकमा कोरोना नियन्त्रणका लागि सीसीएमसीले गरेको सिफारिस अनुमोदनको तयारी छ ।

संक्रमण तीव्र भएपछि आइतबार बसेको सीसीएमसीको बैठकले कम्तीमा तीन साता मुलुकभर लकडाउन गर्न सिफारिस गरेको छ । लकडाउनमा नगए सक्रिय संक्रमित रहेका जिल्लामा निषेधाज्ञा जारी गर्न सुझाव दिइएको छ ।

लकडाउन नभएको खण्डमा शहरी क्षेत्रमा ५ सय र अन्य जिल्लामा २ सय सक्रिय संक्रमित पुगे निषेधाज्ञा गर्नुपर्ने सीसीएमसीको सिफारिस छ । उपत्यकामा १ हजार जनाभन्दा बढी सक्रिय संक्रमित पुगे निषेधाज्ञा जारी गर्नुपर्ने प्रस्ताव छ ।

यस्तै विदेशी नागरिकलाई सीमा क्षेत्रबाट नेपाल प्रवेशमा पनि रोक लगाउन सिफारिस गरिएको छ भने स्वदेश फर्किएका नेपालीलाई परीक्षण रिपोर्टका आधारमा गन्तव्यसम्म पुर्‍याइने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरिएको छ ।

सोमबारदेखि पूर्वनिर्धारित सबै किसिमका परीक्षा पनि अर्को निर्णय नभएसम्मका लागि तत्काललाई स्थगन गर्न सिफारिस गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds