त्रिवि भन्छः ‘परीक्षा रोकिँदैन, मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ’

त्रिवि भन्छः ‘परीक्षा रोकिँदैन, मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ’

TU

त्रिभुवन विश्वविद्यालयले सोमबारको परीक्षा नरोकिने स्पष्ट पारेको छ ।

आइतबार बसेको सीसीएमसीको बैठकले कोरोना संक्रमण बढेकाले नियन्त्रणका लागि सबै तहका परीक्षा स्थगित गर्न सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । तर, त्रिविले भने सोमबार हुने परीक्षा नरोकिने बताएको छ ।

‘सीसीएमसीले सिफारिस गर्दैमा परीक्षा रोकिँदैन । परीक्षा हुन्छ,’ शिक्षाध्यक्ष शिवलाल भुसालले भनेका छन्, ‘मन्त्रिपरिषद्‍को निर्णय आएपछि अर्को सूचना आउँछ ।’

त्रिविको स्नातक र स्नातकोत्तर तहको परीक्षा भइरहेको छ ।

सबै तहका परीक्षा स्थगित गर्ने सीसीएमसीको निर्णय

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds