काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्व तत्काल अविश्वासको प्रस्ताव नल्याउने निर्णय गरेको छ ।
यसअघि बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्तमान सरकारको विकल्प खोज्ने निर्णय गरेपनि अविश्वासको प्रस्ताव दर्ता गराउने विषयमा पार्टी हच्किएको हो ।
माओवादी केन्द्रले साथ दिने भने पनि जनता समाजवादी पार्टीको एक खेमाले सहयोग गर्ने संभावना नदेखिएकोले कांग्रेसले प्रस्तावको पक्षमा बहुमत पुग्ने ग्यारेन्टी भएमात्र अविश्वास प्रस्ताव ल्याउने स्पष्ट पारेको छ ।
आइतबार सभापति शेरवहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै उपसभापति विमलेन्द्र निधिले प्रस्ताव राखेर फेल भए पार्टी खाडलमा फस्ने भएकाले पूर्ण तयारी नगरी अविश्वासको प्रस्ताव नल्याउने बताए ।
बैठकले सोमबारका लागि बोलाइएको केन्द्रीय समिति बैठक बुधबारसम्मका लागि स्थगन गरेको छ । कोरोना संक्रमणको दोस्रो लहरको जोखिम बढेको भन्दै सबै केन्द्रीय सदस्यहरुको पीसीआर परीक्षण गरेपछि मात्र बैठक १५ गते बस्ने तय भएको हो ।
सम्बन्धित खबर
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
पूर्वराजालाई पुनको चेतावनी: तानाशाही शासन फर्काउन सकिन्छ कि भनेर मुख नमिठ्याए हुन्छ
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो