पोखरा । उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई दिन सिफारिस गरेको छ ।
सीसीएमसीले संक्रमणको अवस्था हेरेर लकडाउनबारे निर्णय गर्ने अधिकार डीसीसीएमसीलाई दिन सिफारिस गरेको हो । पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा डीसीसीएमसीले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको एक अधिकारीले जानकारी दिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आइतबारको तथ्यांकअनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्ला काठमाण्डौ, भक्तपुर र ललितपुरका साथै कास्की, मोरङ, पर्सा, दाङ, बाँके र रुपन्देहीमा संक्रिय संक्रमितको संख्या ५०० नाघेको छ । यस्तै, कैलालीमा ४३४, चितवनमा ३९६, सुर्खेतमा ३७३ र बर्दियामा २७९ संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । सिफारिस अनुसार यी जिल्लाहरुमा सिडिओले तत्काल लकडाउन गर्न सक्नेछन् ।
बैठकमा कोरोनाभाइरस ९कोभिड–१९० संक्रमणको चेन ब्रेक गर्न लकडाउन गर्ने कि नगर्ने बहस पनि भएको छ । यस्तै काठमाण्डौ उपत्यकाका ३ सिडिओले भोलि सोमबार बैठक बसेर उपत्यका लकडाउन गर्नेबारे निर्णय गर्ने भएका छन् ।
कास्कीमा अहिले ६ सय ३३ जना सक्रिय केस रहेको छ ।
सम्बन्धित खबर
आज महाशिवरात्रिः भगवान् शिवको पूजा–आराधना गरी मनाइँदै
आज देशभरको मौसम कस्तो रहन्छ?
अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु
नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते
देश विकास हुँदैछ, युवा निराश हुनुपर्दैन: प्रधानमन्त्री
शिक्षामन्त्री भट्टराई बिरामी, त्रिवि शिक्षण अस्पतालमा उपचार हुँदै
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो