नेपालमा कोरोनाले एकैदिन २८ जनाको मृत्यु, संक्रमितको संख्या ३ लाख नाघ्यो

नेपालमा कोरोनाले एकैदिन २८ जनाको मृत्यु, संक्रमितको संख्या ३ लाख नाघ्यो

deathh corona

File Photo

काठमाडौं । पछिल्लो चौबीस घण्टामा ३ हजार १ सय २२ जना कोभिड १९ संक्रमित थपिएका छन् । १० हजार ७८ वटा नमूनाको परीक्षण गरिएकोमा गर्दा ३ हजार १ सय २२ जनाको नतिजा पोजेटिभ आएको हो ।

योसँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ३ लाख ११९ पुगेको छ । पछिल्लो २४ घण्टामा २८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको संख्या १ हजार १६४ पुगेको छ ।

पछिल्लो चौबीस घण्टामा ४५० जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार ५७३ पुगेको छ ।

अहिले मुलुकभर सक्रिय संक्रमितको संख्या १९ हजार ३८२ पुगेको छ भने क्वारेन्टिनमा ६९ जना रहेको स्वास्थय तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय संक्रमित काठमाडौंका ३ जिल्लामा मात्रै १ हजार ४१८ जना रहेको मन्त्रालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ