कास्कीका ३०१ जनाको नमुना परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि

कास्कीका ३०१ जनाको नमुना परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि

corona covidd

पोखरा – पछिल्लो २४ घण्टामा कास्कीका ३०१ जनाको नमुना परीक्षण गर्दा ११४ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा जारी विज्ञप्ति अनुसार आज कास्कीका थप ११४ जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज कास्कीमा पुष्टि भएका संक्रमितहरु मादी गाउँपालिका वडा नं -४ का २२ वर्षीया महिला र अन्नपूर्ण गाउँपालिकाका वडा नखुलेका तीन जना महिला र चार जना पुरुष रहेका छन् भने, अन्य सबै संक्रमित पोखरा महानगरपालिकाका विभिन्न वडाका महिला पुरुषहरु हुन् ।

आज पुष्टि भएकासंगै कास्कीमा कोरोना संक्रमितको जम्मा संख्या ९ हजार १४१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तनहुँका २५ जनाको परीक्षण गर्दा १० जनामा कोरोना पोजेटिभ देखिएको छ। पोजेटिभ देखिएका संक्रमित भानु नगरपालिका, भिमाद नगरपालिका, रीसिंङ्ग गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका छन् ।

 यता नवलपुरका २९ जनाको परीक्षण गर्दा ७ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका २३ जनाको परीक्षणमा ३ जना, पर्वतका ६ जनाको परीक्षणमा १ जना, बाग्लुङ्गका २२३ जनाको परीक्षणमा २२ जना र म्याग्दी जिल्लाका १७ जनाको परीक्षणमा ६ जनाको रिपोर्ट कोरोना पोजेटिभ आएको छ ।

निर्देशनालयको विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीमा कोरोना पुष्टि हुनेको संख्या १६३ पुगेको छ । यो संगै, आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या १७ हजार ७ सय ३७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५६ जना कोरोनामुक्त भएका छन् । यो संगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ४६ पुगेको छ भने, संक्रमणकै कारण अहिलेसम्म गण्डकीमा २११ जनाले ज्यान गुमाइसकेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ