संचारकर्मीलाई सरकारको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

संचारकर्मीलाई सरकारको अनुरोध : समाचार पढ्दा, अन्तर्वार्ता लिँदा मास्क नखोल्नु

corona media

Photo: thomsonfoundation.org

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समाचार पढ्दा, अन्तर्वार्ता लिँदा अनिवार्य मास्क लगाउन संचारकर्मीहरुलाई अनुरोध गरेको छ।

मन्त्रालयले आज एक विज्ञप्ति प्रकाशन गर्दै कार्यक्रमहरुको समाचार बनाउँदा अनिवार्य मास्क प्रयोग गर्न भनेको छ।

‘आमसञ्चारमा समाचार पढ्दा, अन्तर्वार्ता लिँदा वा कुनै कार्यक्रमहरुका समाचार बनाउँदा मास्कको प्रयोग अनिवार्य गरिदिनुहुन तथा मास्को प्रयोग नगर्ने व्यक्तिहरुका समाचार सूचनाहरुलाई निरुत्साहित गर्न, बन्द गर्न, प्रकाशन प्रसारण नगरिदिनुहुन अनुरोध गर्दछौं’ मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारी हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

मन्त्रालयले सबैलाई संक्रमणको आशंकामा राखेर मास्क लगाउन र भौतिक दूरी काम गर्न भनेको छ।

संक्रमणको चक्रलाई रोक्न सकिएन र यही गतिमा फैलदै गएमा केही दिनमा अस्पतालमा विरामी राख्ने ठाउँसम्म नहुने चेतावनी मन्त्रालयले दिएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ