भारतमा लगातार चौथो दिन दैनिक ३ लाख बढी नयाँ संक्रमित, झण्डै ३ हजारको मृत्यु

भारतमा लगातार चौथो दिन दैनिक ३ लाख बढी नयाँ संक्रमित, झण्डै ३ हजारको मृत्यु

A picture taken with a drone shows people carrying the body of a man who died due to the coronavirus disease (COVID-19), for the burial at a graveyard in New Delhi

Pic: REUTERS/Danish Siddiqui

भारतमा कोरोनाको दोस्रो लहर खतरनाक हुँदै गइरहेको छ । शनिबार भारतमा सर्वाधिक ३ लाख ४८ हजार ९ सय ७९ मानिसहरुमा कोरोनाको पुष्टि भएको छ ।

हालसम्म एक दिनमा भेटिएको संक्रमितको यो आँकडा सबैभन्दा धेरै हो । भारतमा लगातार चौथो दिन ३ लाखभन्दा बढी संक्रमित भेटिएको हो । यो समयमा २ लाख १५ हजार ८०३ मानिसहरुले कोरोनालाई मात पनि दिए ।

यस्तै, मृतकको आँकडाको कुरा गर्ने हो भने एक दिनमा २७६१ मानिसहरुको कोरोनाका कारण ज्यान गुमेको छ । सबैभन्दा धेरै महाराष्ट्रमा मृत्यु भएको छ । यहाँ ६७६ मानिसहरुले ज्यान गुमाएका छन् । यस्तै दिल्लीमा ३५७ को मृत्यु भएको छ ।

सक्रिय संक्रमितको संख्या २६ लाख पार

भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेकाहरुको संख्या २६ लाख पार भएको छ । हाल भारतमा २६ लाख ७४ हजार २८७ बिरामीको उपचार चलिरहेको छ । शुक्रबार सक्रिय संक्रमितको संख्यामा १ लाख ३० हजार १९९ वृद्धि भएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ