‘शिलान्यास र उद्घाटनको साटो अक्सिजन, भेन्टिलेटरलगायत सामाग्रीको युद्धस्तरमा जोहो गरौं’

‘शिलान्यास र उद्घाटनको साटो अक्सिजन, भेन्टिलेटरलगायत सामाग्रीको युद्धस्तरमा जोहो गरौं’

baburam bhatarai

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई सरकार अहिलेको प्राथमिकता छाडेर अन्यत्र लागेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत भट्टराईले अहिलेको पहिलो प्राथमिकता कोरोनाको दोस्रो लहरबाट जनताको जीवन रक्षा भएको तर यसका लागि सरकारले उचित कदम नचाल्न बताएका हुन् ।

भट्टराईले अनावश्यक शिलान्यास र उद्घाटनको साटो अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गर्न अपिल पनि गरेका छन् । भारतीय सिमानामा आवश्यक व्यवस्थापन गरी महामारीबाट आम जनतालाई जोखाउन उनले सरकारसँग आग्रह गरेका छन् ।

‘कोभिड–१९को घातक दोस्रो लहरबाट जीवनरक्षा आजको पैलो राष्ट्रिय प्राथमिकता हो ! विश्वको हटस्पट बनेको भारतसँगको खुला सिमानामा आवश्यक व्यवस्थापन गरौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘अस्पतालमा अक्सिजन सिलिन्डर, भेन्टिलेटरलगायत आवश्यक सामाग्रीको युद्धस्तरमा जोहो गरौं। राममन्दिर,पशुपतिका गजुर, भ्यूटावर, धरहरा बनाउँदै गरौंला !’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ