नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि

नेपालले जित्यो त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि

crick

काठमाण्डौ – त्रिदेशीय टी–ट्वान्टी क्रिकेट शृङ्खलाको उपाधि नेपालले जितेको छ ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उपाधि भिडन्तमा फाइनलमा नेदरल्याण्डस्लाई १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै नेपालले उपाधि जितेको हो ।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा रनको हिसाबमा नेपालको यो सबैभन्दा ठूलो जित हो ।

यसअघि नेपालले सन् २०१० मा घरेलु मैदानमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ को उपाधि जितेको थियो।

त्यसपछि नेपालले डिभिजन-४ र डिभिजन-३ को उपाधि विदेशी भूमीमा जितेको थियो।

नेपालले सन् २०१९ पहिलो पटक टी-२० सिरिज जितेको थियो। घरेलु टिम युएईविरुद्धको तीन खेलको सिरिज नेपालले २-१ ले जितेको थियो।

टस हारेर पहिला ब्याटिङ्ग गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर २ सय ३८ रन बनायो । जीतका लागि २ सय ३९ रनको लक्ष्य पाएको नेदरल्याण्डस् १७ ओभर २ बलमा ९६ रनमा समेटियो ।

नेपालका करण केसीले ३ तथा कमलसिंह ऐरी र सन्दीप लामिछानेले २/२ विकेट लिए ।

नेदरल्यान्ड्सका सेबास्टियन ब्राट २६ रनमा अविजित रहे । म्याक्स ओडाड २० र कप्तान पिटर सिलार १३ रनमा आउट भएका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ