दुई हजार ६१८ संक्रमित थपिए, ३६८ संक्रमणमुक्त, १४ जनाको मृत्यु पुष्टि

दुई हजार ६१८ संक्रमित थपिए, ३६८ संक्रमणमुक्त, १४ जनाको मृत्यु पुष्टि

corona-Update

काठमाण्डौ – पछिल्लो २४ घण्टामा देशभरका सात हजार ५२५ जनाको नमुना परीक्षण गर्दा दुई हजार ६१८ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी दैनिक अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५ सय २५ नमूनाको पिसिआर परीक्षण र ११४३ जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ४ सय ८६ जना र एन्टिजेन विधिबाट ११३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

थपिएका संक्रमितसंगै नेपालमा कोरोना संक्रमितको कूल संख्या दुई लाख ९७ हजार ८७ पुगेको छ

यस्तै मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा ३६८ जना कोरोनामुक्त भएका छन् । कोभिड सङ्क्रमित तिब्र रुपमा थपिदै जाँदा निको हुने दर भने घटेको छ । हाल निको हुने दर ९३.३ प्रतिशत पुगेको छ ।

मन्त्रालयका अनुसार हाल १६ हजार ८२८ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । ७१ जना हाल क्वारेन्टिनमा छन् ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १४ जना सङ्क्रमितको मृत्युको पुष्टि भएको उल्लेख गरेको छ ।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ३१३६ पुगेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ